२०८३ जेठ ५, मंगलबार
३:२८:३५ राति
- ADVERTISEMENT -

बत्ती बालेर सुत्नु स्वास्थ्यका लागि हानिकारक

प्रकाशित मिति: २०७६ असार १, आइतबार

792
Shares

एजेन्सी, १ असार २०७६ । राति टीभी खुल्लै छाडेर वा बत्ती बालिबालि सुत्नुले स्वास्थ्यमा नकारात्मक असर पार्ने एक अनुसन्धानले देखाएको छ ।

४४ हजार मानिसमा गरिएको एक अनुसन्धानपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । विशेषगरी यसले शरीरमा मोटोपना सम्बन्धी समस्या गराउन सक्ने बताइएको छ ।

किनकि प्रकाश र अँध्यारोसँगको दैनिक सम्पर्कले नै हाम्रो २४ घण्टाको शारीरिक घडी जारी राख्छ जसले मेटाबोलिजमको काम, निद्रालाई बढावा दिने हर्मोनको उत्सर्जन, रक्तचापलगायत अन्य शारीरिक क्रियाकलापलाई नियमति र सन्तुलित अवस्थामा राखिरहेको हुन्छ । यसअघि पनि रातिको समयमा उज्यालोसँग सम्पर्कमा आउनु स्वास्थ्यका लागि राम्रो नभएको सम्बन्धी विभिन्न दाबी गरिएको छ ।

यसले शारीरिक घडीका साथै खाने व्यवहारमा परिवर्तन ल्याउँदै तौल वृद्धिलाई बढावा दिने गरेको बताइएको थियो । त्यसैले राति सुत्दा उज्यालोबाट टाढा रहनुले मोटोपनाबाट पनि जोगाउन सक्ने अनुसन्धानकर्ताहरुले सुझाव दिएका हुन् ।

जर्नल ‘जे.ए.एम.ए इन्टर्नल मेडिसीन’ मा प्रकाशित यो खोजमा उल्लेख गरिएअनुसार रातिको समयमा प्रकाश फालिरहेको बत्ती, टीभी, मोबाइलको स्क्रिन लगायतले हाम्रो शारीरिक घडीमा प्रभाव पारिरहेको हुन्छ जसले हाम्रो मेटाबोलिजम अर्थात पाचन तथा ऊर्जा निस्कान गर्ने प्रणालीमा असर पार्दछ जसकारण नै शरीर असन्तुलिन हुने बताइएको छ । यसबारे युनिभर्सिटी अफ सरेका प्रोफेसर मेल्कल्म भोन स्कान्टज भन्छन्, “यो खोजलाई वास्तवमै वैज्ञानिक रुपमा सही भन्न सकिन्छ ।”

अमेरिकास्थित ‘नेस्नल इन्स्टिच्युट अफ इन्भारोमन्ेटल हेल्थ साइन्स’ का अनुसन्धानकर्ताहरुले ३५ देखि ७४ वर्षका झन्डै ४४ हजार महिलाहरुमा पाँच वर्षको अवधिसम्म अध्ययन गरेको हो । जसमा अध्ययन टोलीले उनीहरुको तौल, बडी मास इन्डेक्स र रातिको समयमा प्रकाशसँगको सम्पर्कबारे नियमित जानकारी लिएको थियो ।

यस्तोमा रातिको समय उज्यालोको सामना गर्नुले तौल बढाइ मोटोपनाको विकास गर्ने खतरा वृद्धि गराएको पाइएको हो । यस्तोमा अँध्यारोमा सुत्ने महिलाहरुको तुलनामा बत्ती बालेर वा टिभी खोलेर अथवा मोबाइल हेरेर सुत्नेहरुले आगामी पाँच वर्षमा मोटोपना विकास गर्ने जोखिम १७ प्रतिशतले वृद्धि हुने गरेको पाइएको हो ।

त्यस्तै उनीहरुमा असिमित रुपले तौल बढ्ने खतरा पनि २२ प्रतिशतले बढ्दै जाने गरेको बताइएको छ । यसका साथै राति बत्ती बालेर सुत्ने बानी हाम्रो अस्वस्थ सामाजिक व्यवहारको लक्षण हुन सक्ने पनि अध्ययनकर्ताहरुको भनाइ छ । जस्तै यसले हामीले असन्तुलित जीवनशैली अपनाइरहेको भन्ने जनाउने बताइएको छ । टेलिग्राफबाट

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -