टोकियो, विश्वाश आचार्य, १ असार २०७६ । नवलपरासी समाज जापानले सुस्ता गापा वड नं २ गुदरिया निवासी दुवै मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आइ रहेको छ । समाजका पधाधिकारिहरुले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु असी हजार (८०,०००) नेपाल पठाई सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको हातबाट मृगौला रोगवाट पीडित सिताराम गुरौलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसका लागि सहयोगि मनहरुलाई समाजकी उपाध्यक्ष एबम अभियानका अभियान्ता करुणा पाण्डेले सहयोगी मन सबैलाई धन्यवाद व्यक्त गर्नु भयो,”साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रती समाजले आभार व्यक्त गरेको छ ।









































