सोम दियाली, सर्लाही,३१ जेठ २०७६ । विषालु सर्पले टोक्दा सर्लाहीमा एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मलंगवा नगरपालिका ८ का २५ वर्षिय कन्हैया साह रहेका छन् । बिहीबार अपरान्ह १२ बजेतिर घरमै साहलाई विषालु सर्पले टोकेको थियो । सर्पले डसेर घाईते भएका साहको परिवारका सदस्यहरूले गाउँमै धामी झाँक्रीकोमा झारफुक गराएका थिए ।
झारफुकबाट निको नभए पछि मृतक साहलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवामा राति २ बजेतिर पु¥याईएको थियो । मृतक साहको समयमै उपचार नपाएको कारण ज्यान गएको उपचारमा संलग्न सर्लाही अस्पतालका हेल्थ असिस्टेन्ट जितेन्द्र साहले बताए ।
गर्मी बढे सँगै सर्लाहीमा सर्पदंशका विरामी बढेका छन् । सर्पदंशका कारण सर्लाही हाल सम्म २ जनाको ज्यान गइसकेको छ भने दैनिक १५ देखि १६ जना सम्म सर्पदंशका विरामी उपचार गराउन अस्प्ताल आउने गरेको सर्लाही अस्पतालका ईमरजेन्सी ईन्चार्ज सि.अ.हे.ब नथुनी महतोले बताए ।









































