- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकार धर्मसंस्कृतिमाथि प्रहार गर्न उद्दत छः पौडेल

June 13, 2019
851
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३० जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

आज बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न उद्दत कम्युनिस्ट सरकारका विरुद्ध संगठित भएर लड्न अपिल गर्नुभयो  ।

‘‘गुठीसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्दछ । कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेण्टा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु,’’ उहाले भन्नुभयो ।

संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै पौडेलले गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताउनु भयो ।

सरकारले ऐतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको उहाको भनाइ थियो । नेता पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्मविपरीत शान्तिपूर्ण आन्दोलनमा  हस्तक्षेप गरेर आफ्नो असहिष्णु चरित्र उदाङ्गो पारेको बताउनु भयो  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -