कविकिरण न्यौपाने / नागोया, २९ जेठ २०७६ ।
नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् । फेष्टिवलको लागी स्टल व्यवस्थापन , प्रचार- प्रसार लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल समिति संयोजक पारश मणि पोखरेलले जानकारी दिनुभयो ।
आउदो सनिवार र आईतवार नागोयाको साकामामा हुने फेष्टिवलमा आकर्षण २ तलाको नेपाली बाटुले घर रहेको पोखरेलको भनाई छ । जुन जापनिज र नेपाली सबैको लागी आकर्षण हुने बताइएको छ ।
त्यसैगरी, फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पाँचैवाजा हेर्न सकिने एनआरएनए , नागोयाका संयोजक दिपक कार्कीले बताउनु भयो । नेपाली कला संस्कृति संगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिने कार्की बताउनु भयो ।
विभिन्न माध्यमबाट फेष्टिवलको प्रचार- प्रसार व्यापक पारिएको र यसबाट नेपाल भ्रमण वर्ष २०२० को लागी सपोट हुने फेष्टिवल प्रचार- प्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तको भनाई छ । साथै, विदेशमा बस्ने नेपालीहरुको संस्था एनआरएनएको अधिवेशन नजिकिएसंगै जापान वाहिरबाट पनि एनआरएनए अभियानकर्मीहरुको यस फेष्टिवलमा उपस्थिती रहने विश्लेषण पन्तको छ । यस फेष्टिवललाई जापनिज संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सप्रेशण गरेका छन् ।
आफु दुई पटक नेपाल गई सकेको र नेपालको कला संस्कृतिप्रति आफुलाई चाख लाग्ने गरेको उहाको भनाई छ । जापनिजसंगै जापानमा रहेका विदेशी एवं नेपालीहरु फेष्टिवलमा रमाउन आत्तुर छन् । नागोया क्षेत्रमा अत्याधिक नेपाली विद्यार्थीहरु रहेको र फेष्टिवल सनिवार र आईतवार परेकोले सो दिन कलेज पनि विदा हुने हुदाँ अत्यधिक विध्यार्थी समावेश हुने बताइएको छ । धेरै विध्यार्थीहरुले फेष्टिवलमा जानको लागी काममा विदा मिलाई सकेका नागोयामा जापनिज कलेज पढ्ने श्याम घिमिरेले बताउनुभयो । त्यस बाहेक नागोया क्षेत्रमा रोजगारी एवं विभिन्न पेशामा अत्याधिक नेपालीहरु रहेका छन् ।
यतिवेला नेपाल फेष्टिवलमा रम्न जापानिज तथा जापानमा रहेका नेपालीहरु आत्तुत रहेका छन् । फेष्टिवलको बारेका जापानभरिनै प्रचार- प्रसार व्यापक पारिएसंगै फेष्टिवल हेर्न सवै आत्तुत रहेका हुन् । जापानकै कोमाकीसीमा भेटिएकी कोमरी सुकियामाले आफु फेष्टिवल हेर्न जान विदा मिलाई सकेको बताउनु हुन्छ ।
आगामी जुन १५ तारिक जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु हुने छ। कार्यक्रमको आयोजकमा जापान स्थित नेपाली राजदुतावास र एनआरएनए , जापान रहेको छ भन्ने सह- आयोजकमा जापान स्थित विभिन्न संघसंस्थाहरू रहेका छन् ।