गोरखा, २९ जेठ २०७६ । गोरखाको पालुङ्टार नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि छलफल सम्पन्न भएको छ ।
नगरपालिकामा कार्यरत दर्ता सहयोगीसँग स्वास्थ्य बिमा गराउनेको अवस्था, आइरहेको चुनौति र समाधानका उपायाका बारेमा छलफल गरिएको पालुङ्टार नगरपालिकाको स्वस्थ्य शाखा प्रमुख दिपेन्द्र गिरीले जानकारी दिनु भयो ।

नगरपालिकामा हालसम्म १५ सय घरधुरीले स्वास्थ्य बिमा गराएका छन् । नगरप्रमुखले भम्रण भत्ताबाट ५० जना विपन्न समूदायका परिवारको स्वास्थ्य बिमा गराइ दिई सकेको जानकारी दिनुभयो ।
नगरपालिकाले सुरु गरेको हेलो नगरप्रमुखमा स्वास्थ्य बिमाका बारेमा स्थानीयले जिज्ञासा राखेपछि उक्त छलफल गरिएको पालुङ्टार नगरपालिकाले जानकारी दिएको छ ।









































