- ADVERTISEMENT -
- ADVERTISEMENT -

“राष्ट्रिय कृषक दिवस” : एक दिने कृषि तालिम सम्पन्न

June 10, 2019
1447
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, पोखरा लेखनाथ महानगरपालिका वाड नं १९, २७ जेठ २०७६ ।

नेपाल कृषि प्रधान देश मानिन्छ, तर पनि उत्पादनका लागि परनिर्भर रहनु परेको तितो यथार्थ छर्लङ्ग छ । कृषकलाई कृषि कार्यमा प्रोत्साहन गर्ने बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् । सोही अनुरुप आज राष्ट्रिय कृषक दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरुको आयोजना गरी “राष्ट्रिय कृषक दिवस” मनाइएको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरमा रहेको देश बिकासमा लागि युवा एकता (UND) ले पनि एक दिने व्यवसायिक च्याउ खेती प्रविधि बिशेष तालिम सम्पन्न गरेको छ ।

पुुरन्चौरका स्थानीय कृषक तथा सोही क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई तालिम दिदै कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख शिवास्तपले कृषि बिद्यार्थी र कृषक बिचको अन्तरलाई  हटाउनु पर्ने कुरामा जोड दिनु भयो । च्याउ खेती गरी  आत्मनिर्भर रहन , साथै च्याउ खेतीबाट हुने फाइदाहरुबारे जानकारी दिनु भएको थियो ।

त्यसैगरी, विशिष्ट अतिथि UND का केन्द्रीय संयोजक सुजन सापकोटाले किसान का आत्मा कथालाई बताउँदै कविता मार्फत किसानहरु कसरी  कृषि कार्यमा लागेका छन भन्ने बारे सबैमा अवगत गराउनु भयो । उक्त कार्यक्रमका सभापति तथा UND पुरन्चौर अध्यक्ष सरोज श्रेष्ठले सबै उपस्थित महानुभावहरूलाई  धन्यवाद दिनु हुदै कृषकको गाउँ टोलमा गइ कार्यक्रम गर्न सबैलाई  अनुरोध गर्दै च्याउ खेती प्रविधि बारे कुरा गर्नु भयो ।

स्वागत मन्तव्य व्यक्त गर्दै कोषाध्यक्ष अन्सु अधिकारिले च्याउ खेतीमा भविष्य राम्रो भएको, सानो ठाउमा राम्रो आम्दानी हुने भन्दै उक्त कार्यक्रमले कृषकलाई थप जागरुक बनाएको बताउनुभयो ।

अमृता पौडेलले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा साजन किसानले सहजीकरण गर्नु भएको UND केन्द्रीय सचिव सुमन बिमलीले कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -