- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने

June 10, 2019
1124
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २७ जेठ २०७६  । नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुबै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्या आश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी दुबै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो ।

आफ्नो स्वर्गीय बुबा नारायण केसी र स्वर्गीय बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताउनुभयो । “घिमिरेलाई अमेरिका लगेर उपचार गराउनका लागि आवश्यक प्रक्रिया पुरा भइसकेको छ,”–उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com