काठमाडौं, २७ जेठ २०७६ । भूकम्पबाट प्रभावित जिल्लामा विभिन्न नौ देशले यो वर्ष अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत डेढ अर्ब खर्च गर्ने भएको छ ।
जापानले मात्रै दुई आईएनजीओेमार्फत यस वर्ष ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च गर्न भएको छ । जापानले भूकम्प प्र्रभावित सिन्धुपाल्चोकमा भूकम्प विपद्बाट बाँचेकाहरूको गरिबी अवस्था सुधार कार्यक्रमका लागि २ करोड ११ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ । त्यस्तै पिस वाइन्ट आईएनजीओेमार्फत भूकम्प पुनर्निर्माण र पुनःउत्थान परियोजनाका लगि २ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च गरिने भएको छ ।
अमेरिकासहित युरोपियन मुलुकले सो रकम भूकम्पपछिका आवास पुनर्निर्माण, विद्यालय, महिला तथा बालबालिकाका लागि खर्च गर्ने भएका हुन् ।
अमेरिकाले भूकम्प प्र्रभावितका लागि सबैभन्दा धेरै १ अर्ब १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ खर्चन लागेको छ । अमेरिकाले भूकम्प प्र्रभावित समुदायमा जोखिम व्यवस्थापनका लागि काभ्रे र धादिङका लागि २ करोड १८ लाख १ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
सरकारले वैदेशिक सहायतालाई बजेट प्रणालीमा ल्याउने नीति लिए पनि ठूलो रकम बजेटबाहिरबाट खर्च हुन लागेको हो । आगामी वर्ष बजेटबाहिरबाट परिचालन हुने रकममध्ये आईएनजीओेहरूले गर्ने खर्चको अंश ५५।५४ प्रतिशत छ ।
स्विटजरल्यान्डले सिन्धुपाल्चोकका भूकम्प प्र्रभावित विद्यार्थीका लागि कारितास गैरसरकारी संस्थामार्फत १९ करोड ७५ लाख ८८ हजार रुपैयाँ खर्चने भएको छ । बेलायतले भूकम्प प्र्रभावितका लागि शिक्षा कार्यक्रम पुनर्निर्माणका लागि ३२ करोड ३० लाख खर्च गर्न लागेको छ । सबैका लागि शिक्षा कार्यक्रमअन्र्तगत भूकम्प प्रभावित क्षेत्रमा सबैको पहुँचका पु¥याउने उद्देश्यले सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका लागि स्ट्रेन चाइन्ड आईएनजीओेमार्फत ११ करोड २० लाख ७१ हजार रुपैयाँ खर्चन लागेको छ । भूकम्प प्र्रभावितका लागि बेलायतले मकवानपुर र नुवाकोटमा पुनर्निर्माणका लागि २१ करोड १८ लाख २९ हजार खर्च गर्ने भएको छ ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सहायता प्रतिवेदन–२०१९ मा उल्लेख भएअनुसार अमेरिकाले केयर इन्टरनेसनल आईएनजीओमार्फत भूकम्प प्र्रभावितको प्र्रभाव न्यूनीकरणका लागि धादिङ, सिन्धुपाल्चोक, गोरखा र लम्जुङका लागि ७५ करोड ५९ लाख २१ हजार रुपैयाँ खर्चने भएको छ । भूकम्पपश्चात्को मर्मतका लागि अमेरिकाले तनहुँमा ४९ करोड रुपैयाँ खर्च गर्ने भएको छ । त्यस्तै, भूकम्पपछिको नेपालमा विद्यालय पुनःउत्थान र महिलाको सामाजिक एवं आर्थिक सशक्तीकरणका लागि २ करोड ३५ लाख १७ हजार रुपैयाँ खर्चने भएको छ । सो बजेट अमूर्त आनन्दमार्ग युनिभर्सल रिलिक टिम आईएनजीओेमार्फत खर्चन लागेको हो ।
फ्रान्सले ह्यान्डिकाप इन्टरनेसनल फेड्रेसन आईएनजीओमार्फत भूकम्प प्रभावित दोलखा, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङका लागि २ करोड ३८ लाख ७६ हजार रुपैयाँ खर्च गर्न लागेको छ । उक्त रकम भूकम्पबाट प्रभावित र विपद् उन्मुख जिल्लामा स्वास्थ्य संस्था तथा क्षमता सदृढीकरण कार्यक्रमका लागि खर्च गर्न लागेको हो । त्यस्तै, जर्मनले नेपालमा भूकम्प पुनःउत्थान कार्यक्रमका लागि सिन्धुपाल्चोकमा ६० करोड २ लाख ७० हजार रुपैयाँ खर्च गर्न लागेको छ ।
इटालीले एसोसियसन फर इन्टरनेसनल सोलिडारिटी इन एसियामार्फत भूकम्पबाट अति प्रभावित क्षेत्रहरूको सुनौलो भविष्यका लागि डोल्पा, सिन्धुपाल्चोक, रसुवा र काठमाडौंका लागि ३ करोड ८४ लाख ४७ हजार खर्च गर्न लागेको छ । क्यानडाले सिन्धुपाल्चोक, काभ्रे र ललितपुरका लागि ३ करोड ७३ लाख ४० हजार रुपैयाँ सेन्टर फर इन्टरनेसनल स्टडिज एन्डको अपरेसनमार्फत खर्च गर्न लागेको छ । उक्त रकम प्रभावित जनसंख्याका लागि जीवन निर्वाहका लागि खर्चन लागेको हो । डेनमार्कले डान चर्च एडमार्फत भूकम्पपछिको पुनर्निर्माण तथा उत्थानशीलता कार्यक्रमका लागि धादिङ, गोरखा, ललितपुर र भक्तपुरका लागि १ करोड १ करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च गर्ने भएको छ । राजधानी दैनिक








































