अछाम, २७ जेठ २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले कांग्रेससँग डराएर पार्टी एकता गरेको बताउनु भएको छ ।
अछामको रामारोशन गाउँपालिकास्थित मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस बलियो पार्टी भएका कारण मात्रै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) डराएर एकता गरेको जिकिर गर्नु भयो ।
वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो। उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे। युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिनुभयो ।
कांग्रेस जनताको पार्टी भएकाले अब जनताले कांग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो। उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गर्नु भयो ।