गोरखा, २६ जेठ २०७६ । नेपाली काँग्रेस सभापति एवं पतिपक्षी दलका नेता शेरबहादुर देउबाले गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उदघाट्न गर्नु भएको छ । उदघाट्न सत्र समाप्तसंगै नेकपा र नयाँ शक्तिबाट ७०० भन्दा बढि आज कॉंग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मुस्लिम समुदायले आयोजना गरेको इद मिलन कार्यक्रममा सहभागी हुनु भएको छ । इद–उल–फित्रको अवशरमा नेपाल मुस्लिम संघ जिल्ला कार्य समिति गोरखाले आयोजना गरेको इद मिलन कार्यक्रमम सहभागी हुदै देश भित्र सबै धर्मालम्बीहरु सम भावले अडेकोले देशमा शान्ति भएको बताउनु भयो । सोही अवसरमा नेकपाका मुस्लिम संघका जिल्ला अध्क्षय समेत कॉंग्रेसमा प्रबेश गरेका छन् । स्थानिय निर्बचनमा उमेदवार भएका नेकपा र नयाँ शक्तिका कॉंग्रेसमा प्रबेश गरेका हुन् ।

सभापति देउवाले भन्नुभयो, “धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हँुदैन ।” सोही अवसरमा सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गर्नुभयो । सो क्रममा उहाँले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारीसमेत लिनुभयो । उहाँले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिनुभयो ।

गोरखा सदरमुकामको रानी पोखरी परिषरमा भएको उदघाट्न कार्यक्रम पुर्व भेलामा सहभागी हुन आएका काँग्रेस कार्यकताहरुले नगर क्षेत्रको विभिन्न स्थानमा बाजागाजा सहित ¥याली गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्