काठमाडौं, २६ जेठ २०७६ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १८ जना कार्यकर्ता कास्कीबाट पक्राउ परेका छन् । गएराति उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला सदस्य तथा एरिया इन्चार्ज सन्तोष परियार, विद्यार्थी संगठनका केन्द्रीय सदस्यहरु मिलन राई र काजी गुरुङसहितका नेता तथा कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको हो ।

पक्राउ पर्नेमा १३ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जनाएको छ । कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ गरी पोखरा ल्याइएको प्रहरीले जनाएको छ । शनिबार दिउँसोदेखि प्रहरीले घेरा हालेर राखेको भए पनि बेलुका मात्रै पक्राउ गरिएको जनाएको छ ।

स्थानीय आमा समूहको भवनमा बैठक बस्दै गर्दा प्रहरीले भवन घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीको सूचनामा विप्लवका मध्येपश्चिम क्षेत्रका कमान्डरसहितका नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताइएको भए पनि सो टोली भने पुगेको थिएन ।

दिउँसोदेखि नै उक्त भवनलाई घेरा हालेर राखेको भए पनि प्रहरीले बेलुकी मात्रै पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्