Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:५० बिहान
- ADVERTISEMENT -

उमेर नपुगी विवाह गर्ने प्रवृत्ति रोकिएको छैन

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1370
Shares

भरतपुर, २६ जेठ २०७६ । उमेर नपुगी विवाह गर्ने प्रवृत्ति चितवनमा रोकिएको छैन । जिल्ला तथ्याङ्क कार्यालयले दिएको तथ्याङ्कअनुसार चितवनमा विगत एक दशकमा एक लाख ७० हजार ८८६ जनाले १९ वर्ष उमेर नपुग्दै विवाह गरेका छन् ।

तथ्याङ्क कार्यालयका अनुसार १० वर्ष नै नपुगी विवाह गर्नेको संख्या चितवनमा पाँच हजार १९७ , ११ देखि १४ वर्ष उमेरमा ३२ हजार ३३८ र १५ देखि १९ वर्ष उमेरमाएक लाख ३३ हजार ३६९ ले विवाह गरेका छन् ।

कार्यालय प्रमुख जीवनाथ आचार्यले राज्यले कानुन बनाएर कम उमेरको विवाह प्रथालाई रोक्ने प्रयास गरे पनि तथ्याङ्कले वाल विवाह नरोकिएको देखिएको बताउनुभयो । “कानुनले तोकेको भन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएन” उहाँले भन्नुभयो, “जनचेतनाको कमीले पनि वाल विवाह गर्ने क्रम वढ्दो छ ।”

भरतपुर अस्पताल प्रसुति विभाग प्रमुख डा. सुनिलमणि पोख्रेलले सानै उमेरमा विवाह गर्ने र पछि आमा वन्ने क्रम वढेको वताउनुभयो । “२० वर्ष नपुगी कुनै पनि महिला आमा वन्नका लागि योग्य हुदिनन्, तर पनि सानै उमेरमा विवाह गर्ने र आमा वन्ने क्रम वढ्दो छ”, उहाँले भन्नुभयो, “यसले वाल मृत्यु र मातृ मृत्युदर वढाउन मद्दत गरेको छ ।”

सिमान्तकृत समुदायमा पर्ने चेपाङ्ग, दराई, वोटे, थारु लगायतका समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन वढी छ । महिला अधिकारकर्मी मिना खरेलले मागेर वा भागेर वाल विवाह गर्ने क्रम वढ्दो रहेको बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ मा केटा वा केटीको विवाहका लागि उमेर २० वर्ष पुग्नुपर्ने प्रष्ट व्यवस्था छ । कम उमेरमा विवाह भए विवाह नै वदर हुने र विवाह गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको ब्यवस्था कानुनले गरेको छ ।

कोराककी १५ वर्षीया सन्तमाया चेपाङ्गले छोरा जन्माउनुभएको छ । “स्कूल गइन्थ्यो । सहपाठीसँग माया बस्यो । अनि विवाह पनि भयो”उहाँले कम उमेरमा विवाह गर्नुका बारेमा बताउनुभयो ।

कम उमेरमा आमा बन्न वाध्य हुने किशोरीहरुको शिशु जन्माउँदा बढी रक्तश्राप हुने, आमालाईबढी पिडा हुने र मृत्युसम्म हुने गरेको उहाँले बताउनुभयो । तथ्याङ्कले चितवनमा एक हजार शिशु जन्ममा ३० जनाको मृत्यु र साढे १० प्रतिशत मातृमृत्यु दर भएको देखाउछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -