२०८३ जेठ ३, आइतबार
५:३०:२० बेलुका
- ADVERTISEMENT -

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

631
Shares

काठमाडौँ, २६ जेठ २०७६ । काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् ।

सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् ।

पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप यो अभियान सुरु गरेको हो । देशका ७७ वटै जिल्ला सदुरमकामबाट अभियान सुरु भएको र अभियान स्थानीय तहसम्म पुगेर पुनः जिल्लामा आएर शनिबार समापन गरिएको जानकारी दिइएको छ ।

अभियानको क्रममा १५–२० जिल्लामा गएको अनुभव सुनाउँदै केन्द्रीय सदस्य गगनकुमार थापाले केही नभइरहेको बेला पार्टी चलायमान भयो, कार्यक्रम भएकाले आफैंमा यो एउटा राम्रै उपलब्धि हो, भन्नुभयो । उहाँले तल्लो तहसम्म कार्यक्रम भएको छ, पार्टीका नेताहरु केन्द्र वा शहरमा थिए, गाउँ फर्केकाले पार्टी चलायमान भएको बताउनुभयो । उहाँले अब पार्टीका संरचनाहरु छिटो तयार हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका शीर्ष नेताहरू आफैं अभियानमा सहभागी हुनुभएको छ । सबै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले प्रतिवेदन बुझाएपछि काँग्रेसले भावी रणनीति तय गर्ने छ । पहिलो चरणको अभियानबाट आएका सुझावलाई ध्यानमा राखी आगामी भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान सुरु हुने जानकारी उपसभापति विमलेन्द्र निधिले दिनुभयो । उहाँले केन्द्रीय तहका नेता, सांसद, जिल्ला र स्थानीय तहका नेताहरूदेखि कार्यकर्तासम्म परिचालन भएकाले अभियानले पार्टीलाई सुदृढ र सबल बनाउन सहयोग पुगेको बताउनुभयो ।

उपसभापति निधिले अभियानको प्रभाव अत्यन्तै राम्रो रहेको र यसले पार्टीको विधान, समसामयिक राजनीति, सरकारका काम कारबाहीसम्बन्धमा जिल्लास्तरका नेता तथा कार्यकर्तालाई अवगत गराउन सफलता मिलेको बताउनुभयो ।

निर्वाचनपछि पहिलो पटक ७७ वटै जिल्लाको प्रायः सबै स्थानीय तहमा भएका जागरण अभियानमा जिल्लास्तरका नेता तथा कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य हुनुपर्ने र पार्टीका संरचनाहरू छिटो तयार हुनुपर्नेमा जोड दिएका छन् ।

संरचना बन्छ
अब देशको संविधानले व्यवस्था गरे अनुसारको संरचना बनाउन पार्टीको विधान बनेको छ, त्यसलाई कार्यान्वयन गर्न क्रियाशील सदस्यता वडाबाट सुरु गर्नुपर्छ भन्दै नेता निधिले अब स्थानीय तहका संरचना, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका संरचना तयार हुने स्पष्ट पार्नुभयो ।

काँग्रेसका विभागहरु बन्न सकेका छैनन्, भ्रातृ सङ्गठनको अवस्था पनि लथालिङ्ग छ, संविधान अनुसार पार्टीका संरचना छैनन्, यस्तो अवस्थामा पार्टीको महाधिवेशनको प्रक्रिया पनि सुरु नभई यथास्थितिमै लामो समयसम्म लम्बिने चिन्ता कार्यकर्ता तहमा छाएको छ ।
यससम्बन्धमा उपसभापति निधि भन्नुहुन्छ, ‘‘संरचनाको कुरा नबुझेको हो, पार्टीको संरचना छँदैछैन भन्ने होइन, पुरानो छ र अब नयाँ संरचना बनाउनु छ, विधानअनुसार अब नयाँ संरचना छिटो बन्छन्, अब नयाँ सदस्य वितरण हुन्छ ।’’

जागरण अभियान महाधिवेशन टार्नका लागि गरिएको भन्ने प्रश्न पनि उठाइएको छ, अहिले नै महाधिवेशनको मिति घोषणा ग¥यो भने कसले त्यसमा भाग लिने भन्ने समस्या आउने चर्चा गर्दै उपसभापति निधिले सबै तहको संरचना तयार हुने बताउनुभयो ।

महाधिवेशन चाहिँ कहिले हुन्छ भन्ने जिज्ञासामा उहाँको जवाफ छ, ‘‘महाधिवेशन विधानले तोके अनुसार हुन्छ, सङ्क्रमणकालीन व्यवस्थाको अन्तरिमकालीन समितिहरू सबै तहको अधिवेशनअनुसार नै गठन हुन्छन्, त्यसपछि विधिसम्मत् तरिकाले महाधिवेशन हुन्छ, पहिला त महाधिवेशनका प्रतिनिधि तयार हुनुप¥यो ।’’

जिल्ला जिल्लाका नेता तथा कार्यकर्ताको केन्द्रलाई सन्देश के छ भन्ने जिज्ञासामा केन्द्रीय सदस्य थापा भन्नुहुन्छ, ‘‘पार्टीमा संरचना छैन, सबैभन्दा पहिला संरचना बनाऊ भन्ने साथीहरूको भनाइ छ, देश संघीय संरचनामा गइसक्यो काँग्रेस अझै गएको छैन, काँग्रेसको संरचना अस्तव्यस्त छ, हाम्रा भ्रातृ संस्थाहरु अस्तव्यस्त छन्, पार्टीको अब स्पष्ट एजेन्डा के हुने हो ? नेतृत्वमै नयाँ परिवर्तन आउनुपर्छ भन्ने छ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -