काठमाडौं, २५ जेठ २०७६ । कांग्रेसको जागरण अभियान आजदेखि समापन भएको छ । संगठन सुदृढीकरण र सरकारका गलत काम कारवाहीको खबरदारी गर्न भन्दै कांग्रेसले शुरु गरेको पहिलो चरणको जागरण अभियान आज सकिएको छ ।
१३ औँ महाधिवेशन पछि विभिन्न विभाग र भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिन नसेको भन्दै नेतृत्वको तीब्र आलोचना भइरहेका बेला कांग्रेसले २०७६ साललाई जनता माझ जाने वर्षको रुपमा चित्रण गरेको छ । अभियानलाई हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस भन्ने नारा दिइएको छ ।
महासमिति बैठकले पारित गरेको नीति तथा कार्यक्रम र संसोधित विधानबारे पार्टीको स्थानीय तहसम्म जानकारी गराउने उद्देश्यले कांग्रेसले जागरण अभियान सञ्चालन गरेको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत विभिन्न एक महिनाको समयावधीमा कांग्रेसले ७७ वटै जिल्लामा कार्यक्रम गरेको छ ।
पार्टीभित्रको मतान्तर कम गर्दै संगठन सुदृढिकरण र सरकारका गलत कमद विरुद्ध जनतामा खबरदारी गर्न जागरण अभियान सफल भएको कांग्रेस नेताहरुले दावी गरेका छन् । एक महिने अभियानका क्रममा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाएको र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गरेको कांग्रेसले जनाएको छ ।
त्यसैगरी, दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन शुरु गर्ने र तेस्रो चरण पुस ७ गते देखि १६ गते मेलमिलाप दिवसका दिन समापन गर्ने कंग्रेसले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।