धादिङ, २५ जेठ २०७६ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एबम धादिङ प्रतिनिधि प्रदीप पौडेलले आफ्नै लगानी बुडीगण्डकी बन्न सक्ने स्थिति हुदाहुदै गेजुवालाइ ठेक्कादिनु नै बदनियतपुण छ ।

कामसुरू गनं ढिला गरेर लागत बढाउने काम सरकारकै मिलिमोतोमा भइरह्को छ । धादिङ्गबाट जित्नेहरूले नै यसलाई अनिश्चित बनाइरहेका छन । बुढीगण्डकीलाई गजुवा मुक्त गराउ र कमिशनखोरीहरूलाइ हटाउन लाग्नपर्ने बताउनुभयो ।

नेता प्रदिप पौडेलले ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप लगाउनुभएको छ । नेता पौडेलले नेपाली काँग्रेस धादिङद्धारा राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजित बृहत आमसभामालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रिय जागरण कार्यक्रमको लागि खटिएर एक महिनादेखि धादिङमा रहनुभएका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चोरिएको मोटरसाइकल चढेर हिडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन । उनीहरुले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पौडेलले ओली सरकार आफ्नै कारणले ढल्ने ठोकुवा समेत गर्नुभयो ।

हिमाल , पहाड, तराई –मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणकोे कार्यक्रम धादिङमा एक सय चार वडामा वडाभेला, १३ वटा पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्