२०८३ जेठ ५, मंगलबार
३:४२:१२ राति
- ADVERTISEMENT -

‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण सुरु

प्रकाशित मिति: २०७६ जेठ २४, शुक्रबार

857
Shares

काठमाडौं– नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

मार्टको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए । उनले असिमित पर्यटकीय प्रडक्टलाई उजागर गर्न मार्ट उपयुक्त माध्यम भएको बताए ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए । उनले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । उनले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालको  आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सरकारले  घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गरे ।

पर्यटन राज्यमन्त्रि धन बहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिवद्ध रहको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्न सहयोग पुगने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । उनले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उर्पयुक्त नमुना भएको बताए ।

पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन  महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधै साथमा रहको बताए ।

मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  व्यक्तिहरुबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी. टु. बी. मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए  ।

सम्मेलनमा नेपाल सहित ४३ देशका करिब ७०० को सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -