ललितपुर, २०७६ साल जेठ २४ गते शुक्रबार । चिजा तामाङ र सन्तोष तामाङको संयुक्त प्रस्तुतिमा सत्य घटनामा आधारित “मौलिख गोरखाली ठाडो भाका” गीतको भिडियो सार्बजनिक गरिएको छ ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा न ८ धारापानी, रमणीय गाउँ धारापानीमा एक जना चेली कुश माया तामाङको जन्म भएको हुन्छ तर आज उहाँ हामी माझ हुनुहुन्न । यही घटनालाई जस्ताको तस्तै “मौलिख गोरखाली ठाडो भाका” गीतमा समाबेश गरिएको छ ।
सिरानचोक गाउँपालिका- ८ धारापानीको रमणीय स्थलमा मौलिख गीतको छायांकन गरिएको छ ।
चिजा तामाङ र सन्तोष तामाङको सुमधुर आवाज रहेको छ । लय सुमित्रा लामाको रहेको छ । शब्द चिजा तामाङ र सन्तोष तामाङको रहेको छ ।
बिश्वास नेपालको एरेन्ज, कुमार रानाको मिक्सिङ, दिप गुरुङको निर्देशन , सुजन शाहीको सम्पादन र राजेश धिमिरेले छायाँङ्कन गर्नु भएको हो ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।








































