२०८३ जेठ ३, आइतबार
६:०१:४६ बेलुका
- ADVERTISEMENT -

७७ जिल्लामा आमसभा :  कांग्रेसले पहिलो चरण जन-जागरण समापन गर्दै

प्रकाशित मिति: २०७६ जेठ २४, शुक्रबार

779
Shares

काठमाडौं, २४ जेठ २०७६ । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित सुरु गरेको पहिलो चरणको जनजागरण अभियानको शुक्रबार र शनिबार गरेर ७७ वटै जिल्लामा समापन गर्दै छ । कांग्रेसले पार्टीका संगठन बलियो बनाउनेदेखि सरकारका गलत क्रियाकलापविरुद्ध आमजनतालाई सचेत गराउनेसहित विभिन्न १५ उद्देश्य लिएर जनजागरण अभियान गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले अनुकुलता हेरेर नेताहरू समापन कार्यक्रममा सहभागी हुने बताए । ‘पार्टीले तोकेरै को कहाँ जाने भनेको छैन, अनुकूलता हेरेर नेताहरू समापनमा सहभागी हनुहुनेछ,’ प्रवक्ता शर्माले भने । सभापति शेरबहादुर देउवाले शुक्रबार ललितपुरको जागरण अभियानको समापन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार नै दोलखामा जागरण अभियानको समापन गर्नेछन् ।

२५ वैशाखबाट सुरु भएको पहिलो चरणको जनजागरण अभियानको समापन केन्द्रीय सभापतिदेखि वरिष्ठ नेता र पार्टीका पदाधिकारीसहितका नेतामार्फत हुने भएको हो । केही जिल्लामा भने पार्टीका केन्द्रीय सदस्य र अभियानका लागि खटाइएका नेताबाटै समापन गर्ने कांग्रेसको तयारी छ । तर, कांग्रेसले समापनका लागि तोकेरै केन्द्रीय नेता भने खटाएको छैन ।

अभियानमार्फत कांग्रेसले महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य लिएको छ ।

यस्तै, सभापति देउवाले नै शनिबार लमजुङमा पुगेर अभियानको समापन गर्नेछन् भने महामन्त्री पूर्णबहादुर खड्काले शनिबार चितवनमा समापन गर्ने छन् । महामन्त्री शशांका कोइराला भने लमजुङकै सभामा सहभागी हुने बताइएको छ । यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शनिबार मोरङमा जागरणको समापन गर्नेछन् ।

कांग्रेसले पहिलो चरणको जागरण अभियान देशैभरि एक साथ एकै समय पारेर २५ वैशाखबाट सुरु गरेको थियो । यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० दिन आयोजना हुनेछ ।

दोस्रो चरणको अभियान भने बीपी जयन्तीको अवसर पारेर २४ भदौबाट सुरु गर्ने कांग्रेसको तयारी छ । दोस्रो चरणको जागरण अभियान १० असोजसम्म चल्नेछ । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेशस्तरीय निर्वाचन क्षेत्रहरूमा कार्यक्रम गर्न कांग्रेसको तयारी छ ।

यस चरणमा ७५३ वटै स्थानीय तहमा जनजागरण अभियान हुने कांग्रेसले बताएको छ । कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्धमा आफ्ना नेता कार्यकर्तासहित मतदातालाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको लक्ष्य लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -