- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

यात्रु नपाएपछि निगमको जापान उडान स्थगित

June 5, 2019
1028
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाण्डौँ, २२ जेठ २०७६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापान उडान स्थगित गरेको छ । यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

वायुसेवाले असार १९ गते देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुल्ला गरेको थियो तर टिकट बुकिङ खुलाए पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

निगमले जापानबाट पाएको अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने बताइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

लामो समयको प्रक्रिया पूरा गरेर गएको बैशाख १५ गते निगमको जहाजको भाडादर र हप्ताको ३ वटा उडान स्वीकृति पाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com