काठमाडौं, २२ जेठ २०७६ । बुलेट अर्थात ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढ्ने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिनु भयो ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत यो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दाबी छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड गु्रपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरीे नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो । ग्रे कलरमा सजिएको सो मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ ।

Royal Enfield Classic 350ccEngine, Headlight Casing, Fuel Tank, Dual Disc Brake,Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring, Saddle Tail Light Assembly/ Headlight Cap मा देख्न सकिन्छ । हाल थपिएको Rear Disc Brake का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भइरहेको Royal Enfieldca अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ ।

कम्पनिले Royal Enfield Classic 350cc Gunmetal Grey with RearDisc Brake लाई केही समय सम्मका लागि मात्र रु.५,१५०००। (पाँच लाख पन्ध्र हजार) मुल्य तोेकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्