- ADVERTISEMENT -

सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा  प्रतिविम्बित हुन सकेन

June 4, 2019
858
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २१ जेठ २०७६ । सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको नेपाली काँग्रेसका सांसद गगन थापाले बताउनु भएको छ ।

उनले बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्नेमा नै अन्योल देखेको भनाइ राखे । उनले उक्त बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष्य फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निराशाजनक भएको टिप्पणी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

आज मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले सरकारको लक्ष्य अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरेका हुन्।

उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको जनाएका छन् । बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुखी हुँ भनी प्रश्न पनि सांसद थापाले गरेका छन् । “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ रु खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु ।, उनको भनाइ थियो ।

बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रमभंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको समेत दावी गरोका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -