दोलखा, २१ जेठ २०७६ । दोलखाको शैलुङ गाउँपालिकाको कांग्रेस सभापतिमा दावा दोर्जे लामा निर्वाचित भएका छन् । दोलखाका पूर्व पार्टी सभापति समेत रहेका लामा हुन् ।

कांग्रेस दोलखाले जागरण अभियान अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा संगठन विस्तार समेत गर्दै आएको छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेस शैलुङ गाउँपालिकाले आयोजना गरेको बृहत भेला मार्फत लामालाई सभापतिमा निर्वाचित गरिएको हो ।

चार दर्जन नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेशमा

कार्यक्रममा ४४ नेकपाका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । दोलखाका प्रभावशाली कांग्रेस युवा नेता एवम् अभियान संयोजक केशवराज चौलागाईको सभापतित्वमा भएको बृहत कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस दोलखाका नेताहरु रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला र बर्मा लामा लगायतले पार्टीमा स्वागत गरेका थिए ।

२४ गते वृहत कार्यक्रम
कांग्रेसले दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार जेठ २४ गते वृहत कार्यक्रम गर्ने जनाएको छ ।

सदरमुकाम चरिकोटमा हुने कार्यक्रममा हजारौँको संख्यामा कार्यकर्ता उतार्ने तयारी रहेको भिमेश्वर नगरपालिकाका नगर संयोजक ईश्वरनारायण मानन्धरले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा बृहत कार्यक्रम हुन लागेको दोलखा कांग्रेसले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्