गोरखा, २१ जेठ २०७६ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि गाेरखाका स्थानीय तहलाई समपुरक र विषेश बाहेक ५ अर्व ७६ कराेड २० लाख बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानिय तहलाई उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको हो ।

त्यसैगरी, अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकाले पाउने समानीकरण अनुदान र सशर्त वापत दिइने अनुदान रकमको विवरण सार्वजनिक गरको हो ।

मन्त्रालयले पठाएकाे बजेटमा नगरपालिका तर्फ १ अर्व ४९ कराेड ४१ हजार वितिय अनुदान मार्फत र सशर्त अनुदान मार्फत  १ अर्व ८४ कराेड ७६ लाख रहेकाे  छ भने जम्मा ३ अर्व ३४ कारेड ०८  लाख विनियाेजन गरेको छ ।

गाउँपालिका तर्फ भने १ अर्व ०७ कराेड ७१ लाख वितिय अनुदान मार्फत र सशर्त अनुदान मार्फत  १ अर्व ३४ कराेड ४१ लाख रहेकाे  छ भने जम्मा  २ अर्व ४२ कारेड १२  लाख विनियाेजन गरेको छ ।

बिनियोजन गरेको रकममध्ये सबैभन्दा बढी रकम गाेरखा नगरपालिकालाई विनियाेजन गरिएकाे छ  भने सबैभन्दा कम उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकालाई विनियाेज गरेकाे  छ ।

गाउँपालिका मध्यै सबैभन्दा धेरै बजेट सिरानचाेक गाउँपालिकामा परेकाे छ भने क्रमश सहिद लखन, भिमसेन, बारपाक, गण्डकि, आरुघाट, अजिरकाेट, धार्चे र चुमनुव्रीलाइ परेकाे छ ।

गाेरखा नगरपालिकालाइ वितिय अनुदान मार्फत २३ कराेड ३१ लाख, सशर्त अनुदान मार्फत २६ कराेड ९४ लाख र जम्मा  ५० कराेड २५  लाख विनियाेजन गरेकाे छ ।

त्यसैगरी, पालुङटार नगरपालिकालाइ वितिय अनुदान मार्फत १८ कराेड ३१ लाख, ससर्त अनुदान मार्फत २६ कराेड ९४ लाख र जम्मा  ५० कराेड २५  लाख विनियाेजन गरेकाे छ ।

अजिरकाेटमा वितिय अनुदान मार्फत १० कराेड १३ लाख, सशर्त अनुदान मार्फत ११ कराेड ९० लाख र जम्मा  २२ कराेड ४९  लाख, आरुघाटमा वितिय अनुदान मार्फत १३ कराेड ११ लाख, सशर्त अनुदान मार्फत १४ कराेड ८९ लाख र जम्मा  २८ कराेड ०२  लाख विनियाेजन रहेकाे छ ।

त्यसैगरी, गण्डकी गाउँपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ४१ लाख, सशर्त अनुदान मार्फत १५ कराेड ९० लाख र जम्मा  २९ कराेड ३१ लाख, चुमनुव्री गाउँपालिकामा वितिय अनुदान मार्फत ६ कराेड ६१ लाख, सशर्त अनुदान मार्फत ८ कराेड ५३ लाख र जम्मा  १५ कराेड ४९  लाख रहेकाे छ ।

धार्चे गाउँपालिकामा वितिय अनुदान मार्फत ८ कराेड ९४ लाख, सशर्त अनुदान मार्फत ९ कराेड ३१ लाख र जम्मा  १८ कराेड २५ लाख, भिमसेन थापा गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड १४ लाख, सशर्त अनुदान मार्फत १८ कराेड १८ लाख र जम्मा  ३१ कराेड ३२  लाख विनियाेजन गरेकाे छ ।

सहिद लखन गाउपालिकामा वितिय अनुदान मार्फत १४ कराेड ६९ लाख, सशर्त अनुदान मार्फत १७ कराेड ५० लाख र जम्मा ३२ कराेड १९ लाख, सिरानचाेक गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ७३ लाख, ससर्त अनुदान मार्फत १७ कराेड २३ लाख र जम्मा  ३४ कराेड ४४  लाख विनियाेजन गरेकाे छ ।

बारपाक-सुलिकाेट गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ७३ लाख, ससर्त अनुदान मार्फत १७ कराेड २३ लाख र जम्मा  ३० कराेड ९६ लाख विनियाेजन गरेकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्