२०८३ वैशाख २८, सोमबार
८:४६:१४ बिहान
- ADVERTISEMENT -

सांसदलाई ६ करोड बाँड्ने सरकारी निर्णय भ्रष्टाचार गर्ने अभ्यास : प्रदीप पौडेल

प्रकाशित मिति: २०७६ जेठ २०, सोमबार

906
Shares

काठमाडौँ, २० जेठ २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदहरुलाई जनही ६ करोड बाँड्ने सरकारी निर्णयलाई भ्रष्टाचार गर्ने अभ्यासको संज्ञा दिनु भएको छ ।

सोमबार नवलपुरमा नेपाल प्रेस युनीयनले गरेको कार्यक्रममा नेता पौडेलले सांसदहरुलाई बाँड्ने भनिएको रकम एकै ठाउँमा जम्मा गरी “बास्केट फण्ड” मार्फत् राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्नुपर्ने माग गर्नुभयो । केन्द्र, प्रदेश तथा बुहसंख्यक स्थानीय तहमा नेकपाको सत्ता रहेको अवस्थामा वास्तवमै नेकपा नेतृत्वको सरकारले समृद्धि चाहेको हो भने निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई कुनै तलब भत्ता नलिई सबै रकम समृद्ध नेपाल बनाउने अभियानमा खर्चन पौडेलले चुनौति दिनुभयो ।

केन्द्रीय समितिको अबको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद सहित सबै जनप्रतिनिधिहरुले पाउने सबै खाले तलब, रकम तथा भत्ता निश्चित कोषमा जम्मा गरी राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्नुपर्ने प्रस्ताव आफूले लैजाने पौडेलले बताउनुभयो ।

सरकारले घोषणा गरेको बजेटले मुलुकलाई कुनै पनि हालतमा समृद्ध बनाउन नसक्ने ठोकुवा पौडेलले गर्नुभयो । “आन्तरिक स्रोत साधनबाट अहिले ९ खर्ब ८१ अर्ब उठ्छ, तर चालु खर्च नै ९ खर्ब ५७ खर्ब छ, अब बाँकी रहेको २४ अर्बबाट कसरी समृद्ध नेपाल बनाउन सकिन्छ” पौडेलले प्रश्न गर्नुभयो ।

चालु खर्च नै ९७।५५ प्रतिशत रहेको अवस्थामा २।४५ प्रतिशतको विकास खर्चबाट समृद्धि असम्भव रहेको उहाँको तर्क थियो । सरकारले बजेट मार्फत् आर्थिक मितव्यीताको कुनै खाका ल्याउन नसकेको पौडेलले बताउनुभयो । मुलुकमा आवश्यकता भन्दा बढी कर्मचारी, सेना तथा प्रहरीको संख्या रहेको भन्दै उहाँले ती सबैको संख्या कटौती गर्नुपर्ने धारणा राख्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -