२०८३ जेठ ५, मंगलबार
३:४५:२८ राति
- ADVERTISEMENT -

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

प्रकाशित मिति: २०७६ जेठ २०, सोमबार

1106
Shares

काठमाडौं, २० जेठ २०७६ । नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरी भन्ने विषय अन्तर्गतका ख, घ र ङ मा उल्लेख भएका विषयसँग जोडिएको अनुसूची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटि सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले बजेट पुस्तिकाको यो त्रुटि सामान्य नभएको जिकिर गरे । राजस्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अँध्यारोमा कुरा गरेको जस्तो मात्रै हुने उनको तर्क थियो । उनले भने, “हामीले करका दर परिर्वतन गरेर राजस्व घटाउँदै छौ कि बढाउँदै छौं ? अर्थमन्त्रीज्यूबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् ।”

उनले भने, “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैयाँ थप आउँछ भनी लेखिएको छ । वर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६–७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको छ । नयाँ संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो ? नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो ।”

सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६–७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसँग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटिबारे ध्यानाकर्षण गराएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -