- ADVERTISEMENT -

नेता पौडेल बाजुरामा : नेकपाका १३३ जना कांग्रेसमा प्रवेश

May 30, 2019
698
Shares
- ADVERTISEMENT -

बाजुरा १६ जेठ, २०७६ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरामा नेकपाका १ सय ३३ नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउन सफल भएका छन् । सत्तारुढ नेकपाका कार्यकर्तालाई वरिष्ठ नेता पौडेलले टिका लगाएर कांग्रेसमा स्वागत गर्नु भएको थियो ।

बाजुरा जिल्लाको मार्तडीमा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका यति धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । वरिष्ठ नेता पौडेलले उनीहरुलाई टीकासँगै पार्टी सदस्यता समेत प्रदान गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरू भनेका सधै झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताए । ‘कम्युनिस्टहरूले जनतालाई ढाँट्न माहिर हुन्छन्’, उनले भने, ‘कांग्रेसले जे बोल्छ त्यो गर्छ । कम्युनिस्टहरूले जस्तो झुठ बोल्दैन ।’ कांग्रेस प्रवेश गर्नेहरुले नेकपाका जनप्रतिनिधिहरूले निर्वाचनका बेला बोलेको कुराहरू अहिले आएर भुलेको भन्दै उनीहरूले कम्युनिस्टहरूको झुठा आश्वासमा परेर दुःख पाएको गुनासो गरे । उनीहरूले अबका दिनमा नेपाली कांग्रेसमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सोही कार्यक्रममा खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बुधबार ल्याएको बजेट जनतालाई झुक्काउने वितरणमुखी रहेको बताका छन् । ‘यो बजेटले जनतालाई राहत दिँदैन । जनताको पक्षमा कुनै पनि कुरा छैन । कृषिका नाममा फेरि पनि जनतालाई ढाँट्ने काम हुँदै छ’, उनले भने, ‘कांग्रेससँग सोधेको भए बरु हामीले राम्रो सल्लाह र सुझाव दिन थियौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -