२०८३ जेठ ३, आइतबार
६:३२:१९ बेलुका
- ADVERTISEMENT -

नेता पौडेल बाजुरामा : नेकपाका १३३ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७६ जेठ १६, बिहीबार

733
Shares

बाजुरा १६ जेठ, २०७६ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरामा नेकपाका १ सय ३३ नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउन सफल भएका छन् । सत्तारुढ नेकपाका कार्यकर्तालाई वरिष्ठ नेता पौडेलले टिका लगाएर कांग्रेसमा स्वागत गर्नु भएको थियो ।

बाजुरा जिल्लाको मार्तडीमा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका यति धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । वरिष्ठ नेता पौडेलले उनीहरुलाई टीकासँगै पार्टी सदस्यता समेत प्रदान गरेका थिए ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरू भनेका सधै झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताए । ‘कम्युनिस्टहरूले जनतालाई ढाँट्न माहिर हुन्छन्’, उनले भने, ‘कांग्रेसले जे बोल्छ त्यो गर्छ । कम्युनिस्टहरूले जस्तो झुठ बोल्दैन ।’ कांग्रेस प्रवेश गर्नेहरुले नेकपाका जनप्रतिनिधिहरूले निर्वाचनका बेला बोलेको कुराहरू अहिले आएर भुलेको भन्दै उनीहरूले कम्युनिस्टहरूको झुठा आश्वासमा परेर दुःख पाएको गुनासो गरे । उनीहरूले अबका दिनमा नेपाली कांग्रेसमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोही कार्यक्रममा खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बुधबार ल्याएको बजेट जनतालाई झुक्काउने वितरणमुखी रहेको बताका छन् । ‘यो बजेटले जनतालाई राहत दिँदैन । जनताको पक्षमा कुनै पनि कुरा छैन । कृषिका नाममा फेरि पनि जनतालाई ढाँट्ने काम हुँदै छ’, उनले भने, ‘कांग्रेससँग सोधेको भए बरु हामीले राम्रो सल्लाह र सुझाव दिन थियौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -