चितवन, १६ जेठ २०७६ । चितवनको रामपुरमा निर्माणाधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि चौतर्फी यस घटनाको आलोचना र बिरोध भइरहेको छ ।

रंगशाला निर्माणका लागि लगाईएको बार नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिए ।

उनलाई पनि गएराती नै प्रक्राउ गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रंगशालाको बार भत्काउने कामको नेतृत्व नै कँडेलले गरेका थिए ।

घटनापछि उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने व्यापक दबाब आएसंगै बार भत्काउने काममा संलग्न रहेका केही हिजै प्रक्राउ परेका थिए भने फरार रहेका नेकपाका स्थानीय नेता समेत रहेका प्रकाश कँडेललाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

उनले बार भत्काउने मात्र होईन कर्मचारीलाई समेत धम्की दिएका थिए । बार भत्काएपछि अनेक दुख र हण्डर खाएर देशका लागि रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धरधर्ती रोएका थिए । घर परिवार केही नभनी देशका लागि र खेलाडीहरुका लागि रंगशाला निर्माणमा जुटेका उनलाई यतिबेला निरास र हतास नहुने सबैले हौसला दिईरहेका छन् ।

बुझिए अनुसार कँडेलले रेनु दाहाललाई मेयरको चुनाव जिताउँन प्रमुख भुमिका समेत खेलेका थिए । उनले बार भत्काउँदा पनि मेयर रेनु दाहाललाई मैले नै जिताएको हुँ कसले के गर्छ भन्दै रंगशालाको बार भत्काएको स्थानीयले बताएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्