काठमाडौँ,१५ जेठ २०७६ । सरकारद्धारा बुधबार सङ्घीय संसद्मामा पेश गरिएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भासन भैरहेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गरेको हो ।
बजेट प्रस्तुत व्यवस्था नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन रहेको छ । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको हुन्छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीब रु. १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको जनाएका छन् ।
चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेका छन् । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ । चालू आर्थिक वर्षका लागि रु.१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो ।