- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काङ्ग्रेसद्वारा सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाको विरोध

May 28, 2019
718
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १४ जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको घोर विरोध गरेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com