काठमाडौं, १४ जेठ २०७६ । प्रकाश सपूतले निकाल्ने अधिकांश गीत आम दर्शक स्रोताको मनमा बस्न सफल भएका छन । प्रकाश सपूत पछिल्लो समयका निकै चर्चित र व्यस्त लोक गायक हुन् । उहाले करिब १ बर्ष अगाडी निकालेको बोल माया बोलको गीतले दर्शकको मन जित्न सफल भएको थियो । उक्त गीतले धेरैलाई रुवाएको पनि थियो ।

 

बोल माया रिलिज भएको करिब १ बर्षपछि बोल माया टिमले फेरि अर्को गीत आम दर्शक स्रोता सामु प्रस्तुत गर्नु भएको छ । गलबन्दी बोलको गीत बोल माया को अगाडीको अंश भएको प्रकाश सपूतले बताएका छन् । प्रकाश सपूतको शब्द र संगीत रहेको गलबन्दी बोलको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको छ ।

गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको जीवन्त अभिनय रहेको छ । जसरी दर्शकले बोल माया लाई रुचाएका थिए त्यसरी नै गलबन्दी गीतलाई पनि निकै रुचाइरहेका छन् ।

उक्त गीत युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । त्यतिमात्र नभएर गीतमा अधिकांश दर्शकले सकरात्मक कमेन्ट गरेका छन् । साथै प्रकाश र अञ्जलीको अभिनयको पनि सबैले निकै खुलेर तारिफ गरेका छन् ।

भिडियो हेर्न तलको लिंक थिच्नुहोला

https://youtu.be/QNInfBuBcOA

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्