काठमाडौँ, १३ जेठ २०७६ । नेपाली सिनेमा क्षेत्रमा काम गर्दा गर्दै नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा प्रबेश गरेकी चर्चित नायिका करिश्मा मानन्धरले अब पार्टी छाड्ने संकेत गरेकी छिन् ।

नयाँ शक्ति र संघिय समाजवादी फोरमबीच पार्टी एकता भएपछि पार्टीभित्र उनको भुमिका र अस्तित्व बारे खुबै चर्चा भएको थियो । पार्टी एकिकरण कार्यक्रममा समेत उपस्थित नभएकी करिश्माले डा बाबुराम भट्टराईको सिद्धान्तबाट आफु निकै प्रभावित भएको भन्दै तत्कालीन नयाँ शक्तिमा सुरुवाती चरणबाट नै प्रबेश गरेकी थिईन् । तर पार्टी एकिकरणपछि उनी सेलाएको चर्चा हुन थालेको छ ।

हुन पनि हो नत उनी नयाँ पार्टीभित्र उनको भुमिका सार्वजनिक भएको छ नत उनी एकिकरणको कार्यक्रममा नै सहभागी बनिन् । सम्भवत उनलाई यो एकिकरण मन नपरेको पनि हुन सक्छ तर उनले नयाँँ शक्ति र फोरम एकीकरणपछि जे स्थिति बनेको छ, त्यो राम्रो सन्देश भएको नयाँ पत्रिका दैनिकसंगको कुराकानीमा बताएकीछिन् । उनले भनिन् “नयाँँ शक्ति र फोरम एकीकरणपछि जे स्थिति बनेको छ, त्यो राम्रो सन्देश हो । सबै क्षेत्र समेटेकोमा खुसी लागेको छ । पहिचानलाई समेट्नेभन्दा पनि सम्बोधन गर्ने हो । तर, म नयाँ पार्टीमा सामेल हुनैपर्छ भन्ने छैन । आफ्नो धारणा त आफैँ बनाउन सकिन्छ नि ! अहिले बनेको समाजवादी पार्टीबारे खासै बोल्न मन छैन । राम्रो छ, यत्ति लेख्नु न” ।

नयाँ शक्तिका लागि कुनै समय निकै खटिएकी उनले फरक क्षेत्रबाट आएको कारण पनि पार्टीभित्र आफुले भेदभावको महसुस गरेको बताईन् । जनताले कलाकारलाई जसरी राजनीतिज्ञलाई माया नगर्ने गरेको उनको अुनभव छ ।

देशको राजनीति एकदम कम्प्लिकेटेड रहेको बताउँने उनी अब कसैको लागि बासुरी नबजाउँने बताउँछिन् । उनी भन्छिन् “एक वर्षदेखि अलि सक्रिय थिइनँ । एसइईका कारण पनि चुप रहेँ । तर ,अब बिस्तारै सक्रिय हुन्छु । पार्टीमा आबद्ध भएर मात्र राजनीतिज्ञ हुने होइन । हरेक अन्यायविरुद्ध लड्छु । स्वतन्त्र रूपमा मेरै क्षेत्र (ललितपुर) बाट चुनाव उठ्न पनि सक्छु ।

थपडी बजाउनका लागि मात्र राजनीतिमा लागेको होइन, मेरो पनि आफ्नो भूमिका हुन्छ । त्यसको खोजी गर्छु”। स्मरण रहोस तत्कालीन नयाँ शक्तिमा प्रबेश गरेपछि एक जना नेताले ‘यी काम न काजका कलाकार भनेर होच्चाएपछि उनी स्कुल भर्ना भएकी थिईन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्