गोरखा, १३ जेठ २०७६ । पालुङ्टारमा नेपाली कांग्रेसको जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला संघ क्षेत्र नम्बर २ का सभापति सपना पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रिय प्रतिनिधी रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गुटगत राजनिती त्यागेर सिंगो पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

देशैभर कांग्रेसले जागरण अभियान संचालन गरिरहेको बताउदै केन्द्रिय प्रतिनिधी पोखरेलले वर्तमान सरकारले जनतालाई आश्वासन मात्र दिएकाले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय महासचिव एवं प्रशिक्षण विभागका सदस्य मुख्तार अहमद, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नेपाल महिला संघकी जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, महासमिति सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, काँग्रेसका पालुङ्टार नगर सभापती एवं मेयर दिपकबाबु कडेंल लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्षेत्रिय सभापति गोविन्द गुरुङले जागरण अभियानको उदेश्य, औचित्य सहित बिषय प्रवेश गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्