२०८३ जेठ ५, मंगलबार
३:०८:०८ राति
- ADVERTISEMENT -

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन पोखरा सडक बिस्तार

प्रकाशित मिति: २०७६ जेठ १३, सोमबार

2672
Shares

काठमाडौं, १३ जेठ २०७६ । मुग्लिन पोखरा ९३।५ किलोमिटर खण्ड एडीबीको ऋण सहयोगमा विस्तार गर्न खोजिएको हो । निर्देशनालयले दुई चरणमा सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । आबुखैरनी–पोखारा ८६।८ किलोमिटर खण्डको डीपीआर तयार भइसकेको छ ।

भौगोलिक अवस्था र जनघनत्वको आधारमा सडकको चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाई ४१ मिटरसम्म हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर लामो हुन्छ । मुख्य सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन हुन्छ । आकास्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-पोखरा सडक निरीक्षण गर्न एसियाली विकास बैंक (एडीबी) को मुख्यालयबाट उच्चस्तरीय टोली नेपाल आउने भएको छ । यो सडकखण्ड एडीबीको ऋण सहयोगमा विस्तार गर्न लागिएको छ। निरीक्षण गर्न टोली सोमबार नेपाल आउन लागेको हो ।

७ सदस्यीय टोलीले १५ दिनसम्म यो सडक स्थलगत अनुगमन-निरीक्षण गर्ने सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले जानकारी दिएको छ। ‘टोलीले सडक विस्तारका लागि हालसम्म भएको प्रगतिको मूल्यांकन गर्छ’, पौडेलले भने, ‘यही टोलीको मूल्यांकनका आधारमा ऋण तय हुनेछ।’

मुग्लिन–आबुखैरेनीको ६।७ किलोमिटर खण्डको डीपीआर तयार हुँदै छ। यी दुवै खण्डको डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले पाएको छ । मुग्लिन–आबुखैरेनी खण्डको डीपीआर भदौसम्म तयार हुने आयोजनाले जानकारी दिएको छ । मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्याङदी जलविद्युत् आयोजनाको विद्युत् गृह छ ।

जलविद्युत् गृह सडक किनारामै भएकाले उक्त क्षेत्रमा ४ लेनमा सडक विस्तार गर्न सम्भव देखिएको थिएन । त्यसको विकल्पकमा मस्याङदी नदीको दुवै किनारामा सडक बनाउन पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । नदीको अर्को किनारामा सडक बनाउँदा रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले यसका लागि मन्त्रिपरिषद्को स्वीकृति आवश्यक थियो । मुग्लिन–पोखरा सडकको मुग्लिङ–आबुखैरनी खण्डमा हाल कायम रहेको मस्याङ्दी नदीको बायाँ किनाराको दुई लेन सडकको अतिरिक्त दायाँ किनारामा पनि दुई लेन सडक निर्माण गर्न चैतमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।

सडकको दुवै तर्फ ६÷६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ । पैदल यात्रुका लागि एक÷एक मिटरको फुटपाथ हुन्छ । सर्भिसलेन र मुख्य सडक छुट्याउन ०।७५ मिटरको पर्खाल हुन्छ । सन् २०१९ भित्र सडक निर्माणको ऋण सम्झौता हुन सक्ने आयोजनाका अधिकारीहरू बताउँछन्, ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -