Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:३४ दिउँसो
- ADVERTISEMENT -

कतारमा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को सम्पूर्ण तयारी पुरा

प्रकाशित मिति: २०७६ जेठ १३, सोमबार

842
Shares

कतार, १३ जेठ २०७६ । कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा जुन ४ मा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपाल आइडल र बुगीवुगी इद फेस्टिवलको आयोजक रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आज बेस्ट वेष्टर्न होटेलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भयो ।

उप-संयोजक गुरुङले कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने उक्त कार्यक्रममार्फत चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गर्ने पनि वताउनु भयो । गुरुङले उक्त कार्यक्रम नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गर्नु भयो ।

यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलतापुर्वक ग्राण्ड फिनाले सम्पन्न गरेका थिए। नेपाल आइडल र बुगीवुगी इद फेस्टिवल कार्यक्रमका सल्लाहाकार सागर नेपालले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरुमा नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का ९टप फोर० कलाकारहरु बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै, कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, आधुनिक तथा पछिल्लो समयका ब्यस्त गायिका अमृता लिम्बु, गायिका छिम्मि मेम्बा, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे, बिशेष गरि टेलिभिजन क्षेत्रका चिरपरिचित उद्घोषक बिबेक खतिवडालगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक गुरुङले बताउनु भयो ।

कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजकले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -