२०८३ जेठ ३, आइतबार
५:५०:०० बेलुका
- ADVERTISEMENT -

ब्रिफकेस बोकेर अर्थमन्त्री खतिवडा संसदमा

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

928
Shares

काठमाडौं, १२ जेठ २०७६ । अर्थतन्त्रका ज्ञाता मानिएका वर्तमान अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लो समय निकै चिन्तित छन् ।

उनलाई जसरी केपी शर्मा ओलीले टपक्क टिपेर अर्थमन्त्री बनाए त्यो अनुसार उनले आफ्नो प्रदर्शन देखाउन नसकेपछि पार्टीभित्र आलोचनाको शिकार भइरहेका छन् ।

उनलाई केही समयअगाडि हटाउने जनाइए पनि उनले पदमा कब्जा जमाइरहेका छन् । ओलीलाई विश्वास थियो कि डा खतिवडाले अर्थ मन्त्रालय सम्हालेपछि एकाएक आर्थिक स्थिति सुध्रिन्छ ।

तर सुध्रिएन । विगतको भन्दा खस्किदै गएको भन्दै नेकपाभित्रै चर्को विरोध भइरहेको छ । उनलाई अर्थ मन्त्री बनाउने चलखेल बन्दै गर्दा पनि हालका नेकपा महासचिव विष्णु पौडेल चिन्तित भएका थिए ।

पौडेल अर्थमन्त्री बन्न लालायित थिए । तत्कालीन माओवादी खेमाबाट वर्षमान पुन र जनार्दन शर्मा पनि अर्थमन्त्रीका लागि चासो राख्नेमध्येका पर्दथे ।

प्रतिस्पर्धामा अब्बल ठहरिँदै अर्थमन्त्री बने पनि राष्ट्रबैंकको अनुभव अनि योजना आयोगको अनुभवले केही काम नगरेपछि डा खतिवडा चिन्तामा रहेको बुझिन्छ ।

त्रासको ब्रिफकेस बोकेर संसदतिर
आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट यही जेठ १५ गते बुधबार सार्वजनिक हुँदैछ । त्यसका लागि अर्थमन्त्री डा खतिवडा तीव्र तयारीमा छन् ।

तर मिति नजिकिँदै जाँदा उनको ढुकढुकी भने बढ्दो छ । सोचे अनुसारको प्रगति नभएपछि बजेट कस्तो ल्याउने भन्नेमा उनी चिन्तित बनेका हुन् ।

चालु आर्थिक वर्षमा ५६ प्रतिशत मात्र बजेट खर्च भएपछि डा खतिवडाको हंशले ठाउँ छाडेको छ । उनको अनुभव फेल खायो ।

बजेट नै खर्च नभएपछि उनी ठूलो बजेट ल्याउने पक्षमा देखिएका छन् । उनले
१६ खर्बभित्रै रहेरु बजेट बनाइरहेको स्रोतको दावी छ ।

उनी आफैले १६ खर्ब ननघाउने बताउँदै आएका छन् । उनले नेकपाका नेता तथा निकटका अर्थशास्त्रीहरुसंग शनिबार पनि छलफल गरेका थिए ।

डा खतिवडा ट्याक्स नबढाउने तर दायरा बढाउने योजनामा छन् । ट्याक्स बढाउँदा विरोध हुने सम्भावना पनि हुन सक्ने देखिएको छ ।

उनलाई सफल अर्थमन्त्रीका रुपमा वर्णन गर्न खोजिएकामा त्रासको पोको लिएर उनी बजेटरुपी ब्रिफकेस बोकेर संसदभित्र छिर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -