गोरखा, १२ जेठ २०७६ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
गएराति १० वजेतिर बा ५ ख १९८२ नम्वरको ट्रिपर गोरखा–वारपाक सडकबाट करीब ४ शय मिटर तल दरौंदी नदिमा खसेको थियो ।
दुर्घटनामा ट्रिपर चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँरा बस्ने २० वर्षका सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक वेपत्ता भएका छन् ।
उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ । सडक स्तरोन्नतीका क्रममा रहेको उक्त सडकको भित्तातिर अब्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताउनुभयो ।