गोरखा, ११ जेठ २०७६ । गोरखामा २५ जना भन्दा बढि बिभिन्न दलबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । शहिद लखन गाउपालिका वडा न ८ बुङकोटमा नेपाली काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेपाली काङ्ग्रेस शहिद लखन गाउपालिका वडा न- ८ का ईन्द्रराज ढकाल अध्यक्षतामा, राष्ट्रिय जागरण अभियानका अभियान्ता केन्दिय प्रतिनिधी रामचन्द्र प्रोख्रेलको प्रमुख आथित्यतामा, काङ्ग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपाने, सह सचिव नारायण लामिछाने लगायत कृण्ण आले, धिरण थापा, नेका-क्षेत्रिय सदस्य तथा वडा अध्यक्ष शरण श्रेष्ठ बिशेष आथित्यतामा, ने का आमन्त्रित सदस्य काशिनाथ अंगाई लगायत नेपाली काँग्रेसका भातृ संस्था तरुण दल, महिला संघ, दलित संघ, शिक्षक संघका प्रतिनिधि, अथिति महानुभाबहरु, स्थानिय बासिन्दा, सामजसेबीको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ शक्ति पार्टी तथा शहिद लखन गाउपालिकाका संयोजक रुद बहादुर पुलामी लगायत ब्यक्ती कॉंग्रेस मा प्रबेश गर्नु भएको भ थियो ।

सोही अवसरमा कार्यक्रम वडा पाटीका अग्रज ब्यक्तिहरुलाई समान समेत गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्