Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:०५ बिहान
- ADVERTISEMENT -

गगन थापाको अगुवाइमा आज मैतिदेवीमा स्तन र पाठेघर क्यान्सरको शिविरको आयोजना

प्रकाशित मिति: २०७६ जेठ ११, शनिबार

1522
Shares

काठमाडौं, ११ जेठ २०७६ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा आज मैतिदेवीमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण शिविर हुदैछ ।

मैतिदेवी मन्दिर पछाडी रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा बिहान १० बजेदेखि शिविर सुरु हुने आयोजकले जनाएको छ । शिविरमा परीक्षणका लागि आउन थापाले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदीय कार्यलयमार्फत सांसाद थापाले शिविरको आयोजना गरेका हुन्। थापाको अगुवाइमा सो निर्वाचन क्षेत्रमा पिपुल्स हेल्थ कार्यक्रममार्फत उक्त परीक्षण शिविर गर्न लागिएको हो।

उक्त निर्वाचन क्षेत्र अन्तर्गतको वडा नम्बर ३० मा यो सहित १० वटा यस्ता शिविर सञ्चालन हुनेछन्। बाँकी ९ वटा शिविर अबदेखि हरेक शनिबार सञ्चालन हुने बताइएको छ।

क्षेत्र नं ४ को संसदीय कार्यलयमार्फत आयोजना हुने उक्त शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि गरिने जनाइएको छ। शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले पनि सहयोग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -