काठमाडौँ, १० जेठ २०७६ । चीनबाट रेल ल्याउने विषयमा नेपालमा भएको बहषप्रति बेइजिङ अचम्मित बनेको चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् ।

बालुवाटार स्थित चिनियाँ दूतावासमा विहिबार विहान पत्रकारसँग औपचारिक अन्तरक्रिया गर्दै राजदूतले भनिन् ‘यस्तो भूगोल छ, जहाँबाट चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय होइन । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित हुन्छु।’ राजदूतको रुपमा जिम्मेवारी लिएर आएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले भनिन, ‘रेलको विषयलाई यहाँ हल्का रुपमा हेरिएको छ। त्यस्तो होइन ।

साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ । यसका लागि धेरै वैज्ञानिक अध्ययनहरू आवश्यक पर्छ ।’

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलन, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चीन–अमेरिका ब्यापार विवादको यथार्थ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यान्छीले भनिन, ‘चीनको रेल काठमाडौ आउने विषय आज छलफलमा आएर भोलि रेल आइहाल्ने होइन ।

यो एक एक खुड्किला चढ्दै हुने विषय हो। यस्ता आयोजनामा दीर्घकालीन हुन्छ। यसलाई समय धेरै लाग्छ।’ अन्नपूर्णपोस्टमा चन्द्रशेखर अधिकारी समाचार लेखेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्