२०८३ जेठ ५, मंगलबार
२:४५:२८ राति
- ADVERTISEMENT -

कारबाहीमा परेपछि भाडा समायोजन

प्रकाशित मिति: २०७६ जेठ १०, शुक्रबार

1059
Shares

काठमाडौँं, जेठ १० गते । सरकारले निर्धारण गरेको भाडादर समायोजन नगरी मनोमानी पैसा लिँदै आएका उपत्यकाका ट्याक्सीले बल्ल भाडादर समायोजन गर्न थालेका छन् ।

मिटरमा नजाने, मिटर बिगार्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि तिनीहरूले भाडा समायोजन गर्न थालेका हुन् । गत असोजमा वृद्धि गरिएको भाडा ट््याक्सीहरूले बल्ल समायोजन गरेका छन् ।

यातायात व्यवस्था विभागले २०७५ असोज ७ गते ट्याक्सीलगायतका सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको थियो तर ट्याक्सीले आफ्नो मिटरमा भाडा समायोजन गरेका थिएनन् । अहिले समायोजन गर्न थालेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म छ हजार एक सय ट्याक्सीको मिटर जाँच गरी भाडा समायोजन गरेको छ ।

उपत्यकामा १० हजार छ सय ट्याक्सी छन् । महानगरीय ट्राफिक प्रहरीले मिटरमा नजाने तीन हजार ट्याक्सीलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भन्नुभयो, ‘‘मिटरमा नजाने, मनोमानी रूपमा पैसाको बार्गेनिङ गर्ने, छोटो दूरीमा नजाने ट्याक्सीलाई कारबाही गरिएको छ, उनीहरू ट्राफिक प्रहरीको निगरानीमै छन्, यदि त्यस्तो समस्या प¥यो भने यात्रुले ट्राफिक प्रहरीलाई तुरुन्त खबर गर्दा हुन्छ ।’’

हालसम्म भाडा समायोजन नभएका ट्याक्सीको मिटरमा प्रतिकिलोमिटर ३६ रुपियाँ उठ्ने गर्दथ्यो तर मिटरमा नगएर मनोमानी पैसा असुल्दै आएका थिए । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्नुहुन्छ ‘ट्याक्सीले जति पैसा माग्छ त्यति दिने होइन, यात्रुले पनि मिटरमा उठेको दिन्छु भन्नुप¥यो, मान्दैनन् भने प्रहरीलाई खबर गर्नुप¥यो अथवा हामीलाई खबर गर्नुप¥यो ।’

सरकारले भाडा वृद्धि गर्छ कि भन्ने आशाले उनीहरूले भाडा समायोजन नगरी बसेको हुनसक्ने पुडासैनीको अनुमान छ तर ढिलै भए पनि भाडा समायोजन गर्न थाल्नु सकारात्मक रहेको र ट्याक्सीलाई नियमित अनुगमन र नियमनको जरुरी रहेको पुडासैनीको भनाइ छ । २० वर्ष पुगेका ट्याक्सीहरू नवीकरण हुँदैनन् ।

समायोजन अन्तर्गत भाडा दर १० प्रतिशत वृद्धि गरी प्रतिकिलो मिटर ३६ बाट ४३ रुपियाँ पु¥याइएको थियो तर सुरुमै मिटरमा उठ्ने (फ्ल्याक डाउन) १४ रुपियाँ भने वृद्धि गरिएको थिएन । नेपाल मिटर ट्याक्सी सङ्घले वैज्ञानिक भाडादर समायोजनको माग गर्दै आएको छ । सङ्घका अध्यक्ष अर्जुन गौतमले वैज्ञानिक भाडादर लागू गर्नुपर्ने माग रहे पनि सरकारले व्यवस्था गरेको भाडादरलाई आफूहरूले मान्दै आएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -