काठमाडौँ, १० जेठ २०७६ । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीले ५ लाखभन्दा बढी मत ल्याएर चुनाव जित्न सफल हुनु भएको छ । भारतको उत्तर प्रदेश रायबरेलीबाट सोनिया गांधीले ५ लाख ३४ हजार ९ सय १८ मत प्राप्त गर्नु भएको थियो ।
उहाका निकटतम प्रतिस्पर्धी भारतीय जनता पार्टीका दिनेश सिंहले ३ लाख ६७ हजार ७ सय ४० मत प्राप्त गर्नु भएको थियो ।
सोनिया गांधीले १ लाख ६७ हजार १ सय ७८ मतान्तरले विजयी घोषित हुनु भएको हो ।