- ADVERTISEMENT -

सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढेको छ – बालकृष्ण खाँण

May 23, 2019
1216
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ९ जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढेको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय जागरण अभियानका कार्यक्रममा नेता खाँणले सरकारले एक दलीय राज्य व्यवस्था लादन उद्दत भएको जनाए ।

हिंसा र हत्याको जगमा बनेको नेकपा सर्वसत्तावादी बिचारलाई आत्मसाथ गरेर देशमा एक दलिय राज्य व्यवस्था लादन उद्दत रहेको उनले बताएका छन् । काँग्रेसले कहिले विश्राम गर्न पाउँदैन,’ उनले भने, ‘राज्य व्यवस्था, जनअधिकार रक्षाको लागि, लोकतान्त्रिक मूल्यमान्यता,र राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नेपाली काँग्रेस बलियो हुन जरुरी छ ।’

- ADVERTISEMENT -

Advertisement

उनले भने, सरकार लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उभिएको छ । ‘जनताको मौलिक हक अधिकार, प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता काँग्रेसको आत्मा हो ।

लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उत्तेजित वर्तमान सरकारले हेक्का रहोस् । हिजो राणा, राजा, पञ्चायत यही कारणले समाप्त भएका हुन्। अब नेकपाको पनि दिन आउँदैछ,’ नेता खाँणले भने ।

- ADVERTISEMENT -

Advertisement

फरक प्रसंगमा उनले नेपाली काँग्रेसले नै काँग्रेसको हुर्मत गर्दा पार्टी यो अवस्थामा पुगेको जनाए । ‘काँग्रेसले काँग्रेसकै सात्तो नखाएको भए आजको दिन नआउने उनको भनाइ थियो । पार्टीको नेता कार्यकर्ताले एक अर्कालाई गाली गर्न पाईदैन । कम्युनिष्टसँग मुकाविला गर्ने पार्टीमा मित्रभाव, आत्मीयता र सम्मान हुन जरुरी छ ।’

उनले थपे, ‘काँग्रेस इतिहासमै कठिन अवस्थामा छ कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नु छ । विश्वमा कुनै ठाउ छैन जहाँ लोकतान्त्रिक शक्ति बामपंथीसँग प्रतिस्पर्धा गर्दछ । ज्यादै गम्भीर र चिन्तित अवस्था छ । यो प्रतिकुल अवस्थामा पनि नेपाली काँग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ । मतदातालाई संरक्षण गर्नु पर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -