२०८३ जेठ ५, मंगलबार
१:३५:२९ राति
- ADVERTISEMENT -

सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढेको छ – बालकृष्ण खाँण

प्रकाशित मिति: २०७६ जेठ ९, बिहीबार

1286
Shares

काठमाडौँ, ९ जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढेको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय जागरण अभियानका कार्यक्रममा नेता खाँणले सरकारले एक दलीय राज्य व्यवस्था लादन उद्दत भएको जनाए ।

हिंसा र हत्याको जगमा बनेको नेकपा सर्वसत्तावादी बिचारलाई आत्मसाथ गरेर देशमा एक दलिय राज्य व्यवस्था लादन उद्दत रहेको उनले बताएका छन् । काँग्रेसले कहिले विश्राम गर्न पाउँदैन,’ उनले भने, ‘राज्य व्यवस्था, जनअधिकार रक्षाको लागि, लोकतान्त्रिक मूल्यमान्यता,र राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नेपाली काँग्रेस बलियो हुन जरुरी छ ।’

उनले भने, सरकार लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उभिएको छ । ‘जनताको मौलिक हक अधिकार, प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता काँग्रेसको आत्मा हो ।

लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उत्तेजित वर्तमान सरकारले हेक्का रहोस् । हिजो राणा, राजा, पञ्चायत यही कारणले समाप्त भएका हुन्। अब नेकपाको पनि दिन आउँदैछ,’ नेता खाँणले भने ।

फरक प्रसंगमा उनले नेपाली काँग्रेसले नै काँग्रेसको हुर्मत गर्दा पार्टी यो अवस्थामा पुगेको जनाए । ‘काँग्रेसले काँग्रेसकै सात्तो नखाएको भए आजको दिन नआउने उनको भनाइ थियो । पार्टीको नेता कार्यकर्ताले एक अर्कालाई गाली गर्न पाईदैन । कम्युनिष्टसँग मुकाविला गर्ने पार्टीमा मित्रभाव, आत्मीयता र सम्मान हुन जरुरी छ ।’

उनले थपे, ‘काँग्रेस इतिहासमै कठिन अवस्थामा छ कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नु छ । विश्वमा कुनै ठाउ छैन जहाँ लोकतान्त्रिक शक्ति बामपंथीसँग प्रतिस्पर्धा गर्दछ । ज्यादै गम्भीर र चिन्तित अवस्था छ । यो प्रतिकुल अवस्थामा पनि नेपाली काँग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ । मतदातालाई संरक्षण गर्नु पर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -