- ADVERTISEMENT -

मार्सी धान रोप्न सुरु

May 23, 2019
1634
Shares
- ADVERTISEMENT -

जुम्ला, ९ जेठ २०७६ । जुम्लामा मार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् ।

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम चल्दै छ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एक अर्काको रोपाइँमा रोेप्नेरी, हली र गोरुसहित सापटी दिने चलन छ । हरेक किसानको रोपाइँको दिन समेत तोकिएको हुन्छ ।

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । त्यसैगरी,  कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याइन्छ । यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ ।

विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोप्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -