२०८३ वैशाख २८, सोमबार
८:४८:२२ बिहान
- ADVERTISEMENT -

मार्सी धान रोप्न सुरु

प्रकाशित मिति: २०७६ जेठ ९, बिहीबार

1836
Shares

जुम्ला, ९ जेठ २०७६ । जुम्लामा मार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् ।

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम चल्दै छ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एक अर्काको रोपाइँमा रोेप्नेरी, हली र गोरुसहित सापटी दिने चलन छ । हरेक किसानको रोपाइँको दिन समेत तोकिएको हुन्छ ।

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । त्यसैगरी,  कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याइन्छ । यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ ।

विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोप्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -