पाँचथर, ८ जेठ २०७६ । पाँचथरको आरुबोटेमा सामुहिक हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो । हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनक’मारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया म’ना शेर्मा, ७४ वर्षीय बमबहाद’र फियाक, प’र्सिक’मारी फियाक बमबहाद’रकी श्रीमती र १२ वर्षीया आशिका खज’म लिम्बुको विभत्स हत्या भएको हो, १२ वर्षीया सीता खज’म भने भागेर बाँच्न सफल भएकी छन् ।

घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ । हत्याकाण्डमा ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले गर्ने भएको छ । विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा सो क्रुर र बर्बरतापूर्वक भएको घटनामा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने भएको हो।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

श्रीमती मनकुमारी फियाकसँग सम्बन्ध विच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका परिवारका ९ सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्बन्ध विच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको सोमबार राति विभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्