गोरखा, गोरखा नगरपालिका–१ ताप्लेमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन् ।

“मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुशी लागेको छ”, गोरखा नगरपालिका–१ ताप्लेका तेजबहादुर खत्रीले भन्नुभयो, “यहाँका वृद्धवृद्धाहरुलाई शहरमा गएर उपचार गराउन समस्या हुँदै आएका थियो, अहिले शिविर राखेर गाउँ घर मै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै सजिलो भएको छ ।

” सोमबार सम्पन्न भएको शिविरमा १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा ७० देखि माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्