- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

May 21, 2019
1244
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ७ जेठ २०७६ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि) को उद्घाटन गरेकी छिन् ।

उक्त अवसरमा रेबेकाले नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्र्याई अग्रणी बीमा कम्पनीको रुपमा मेटलाईफ राम्रो काम गरेको बताइन् । रेवेकासँगै नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम।नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम। अलाउद्दिन अहमदपनि उक्त कार्यक्रम सहभागी भएका थिए ।

ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो, जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ । अमेरिकमा स्थापित अमेरिक लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -