- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया शुरु

May 20, 2019
842
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ६ जेठ २०७६ । बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया सुरु भएको छ । पुर्नस्थापना तथा पुर्नवासको लागि गोरखा तर्फको सम्भावित स्थान पहिचान गर्दै पुर्नस्थापनाका लागि प्रक्रिया सुरु गरेको हो ।

जिल्ला मातपोत कार्यालयका प्रमुख देवेन्द्र थापाले भने ‘पुर्नवास एवं पुर्नस्थापनका लागि जग्गा रोक्का गर्ने भनि हामीलाई पत्र आएको छ’ भने ‘सोही अनुसार हामीले प्रारम्भिक रोक्का गरिसकेका छौं ।

- ADVERTISEMENT -

Advertisement

गोरखा तर्फका प्रभावितलाई राख्नको लागि साबिकका ५ गाउँविकास समितिका वडाहरु छनोट गरिएको छ । आरुपोखरीको ३ र ४, नाम्जुङको १ र २, धावाको ६, बोलाङ्र्गको ३,९ र ८ र दर्बुङ्गको वडा नम्बर ५ को जग्गा रोक्का गरिएको मालपोतले जनाएको छ । साबिकका वडाहरुका जग्गा रोक्का भइसकेको भए पनि कस्तो प्रकृतिको रोक्का राख्ने भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको मालपोत प्रमुख थापाले बताए । उनका अनुसार यसलाई प्रारम्भिक रोक्का राख्ने र त्यस सम्बन्धि ऐन आएपछि अरु कुरा स्पष्ट हुने जनाए । सरकारले पुर्नवास र पुर्नस्थापनाको आवश्यक ऐन निर्माण नगरेकाले हाललाई रोक्का राखिएको जमिन बेचबिखन गर्न पाइने तर खण्डित गर्न भने नपाइने गरी रोक्का राख्ने तयारी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अहिले पनि आयोजनाले मुआब्जाको मूल्य निर्धारण नगरी पुरानै ढंगबाट रोक्का गर्दा प्रभावित जनता भने अलमलमा देखिएका छन् । आयोजनाको नियत पहिले देखिनै अस्पष्ट रहेकाले बाँकी जग्गापनि रोक्का गर्दा स्थानीय जनता थप मर्कामा पर्न सक्ने स्थानीय जनताहरु बताउँछन् ।

आयोजना निर्माणको लागि प्रभावितको नाममा रहेको ५८ हजार १५३ हेक्टर जमिन सरकारको नाममा ल्याइसेको छ । उक्त जमिन मध्ये ४२ हजार हेक्टरको मुआब्जा वितरण समेत भइसकेको छ । हालसम्म २५ अर्ब रकम प्रभावितको खातामा गईसकेको बुढीगण्डकी आयोजनाको कार्यालय सिउरेनीटारले जनाएको छ । डुबान क्षेत्रमा पर्ने आरुघाट बजारको क्षेत्रको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com