काठमाडौँ, ५ जेठ २०७६ । अहिलेको वर्तमान देशको अवस्थालाई प्रदेशमा रहेता पनि नेपाली गीत संगीतको माध्यमबाट गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले देशका नेताहरूलाई असल बन्न सुझाब दिएका छन ।

“लाजमर्दो बनाई छाड्यौ नेपाली हौं “भन्न नामक गीत यही १९ मे २०१९ देखी बजारमा ल्याएका छन ।

गीतमा गायक द्वयअमित सापकोटा र खेमराज पौडेलको स्वर रहेको छ भने लय अमित सापकोटा तथा शब्दमा अमित सापकोटा र खेमराज पौडेल को रहेको छ ।

उक्त गीतलाई एआर क्रियसनले बजारमा ल्याएको छ भने गीतको छायांकन जापानमा र केही दृस्य नेपालमा खिचिएको छ ।

भिडीयोलाई अमृत चापागाईले सम्पादन गरेका छन भने अमित सापकोटाले छायांकन तथा निर्देशन गरेका छन ।

गीतमा केशब पौडेल , मेघराज सापकोटा , कृष्ण खरेल र लक्ष्मण कुँवर को अभिनय रहेको छ ।

भिडियो

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्