लमजुङ, जेठ ५ गते । वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर लमजुङका गुरुङ गाउँहरुमा घाँटु नाच सुरु गरिएको छ । समय मिलाएर स्थानीयले ३ देखि ५ दिनसम्म घाँटु नाच्ने गर्छन् ।

१५ औं शताव्दीमा राजा परशुराम र रानी यम्फावतीको प्रेम र जीवनकथामा आधारित साँस्कृतिक गीतिनाचको घाँटुको रौनकले ग्रामीण भेगमा रौनक छाएको छ । कालान्तरमा घाँटु नामले प्रख्यात यस नाच हेर्न विषेशगरी ज्वाइँचेलीलाई बोलाउने गरिन्छ । विशेषगरी पर्यटकीय गुरुङ गाउँमा घाँटुको संरक्षण गरिएको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुुजुङस्थित घाँटु व्यवस्थापन उपसमितिका अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार वैशाख पूर्णिमा÷बुद्ध जयन्तीको अवसर पारेर घाँटु नाच्न सुरु गरिएको छ ।

शुक्रबार दिन मात्र गरेपनि शनिबारबाट घाँटु सुरु गरिएको उहाँले बताउनुभयो । हरेक वर्ष यही समयमा घाँटु नाच्न सुरु गरिने उहाँले बताउनुभयो । ‘घाँटु हाम्रो परम्परादेखिको संस्कार हो । सती घाँटु, बाह्रमासे र कुसुण्डा नाच्ने गर्छौं ।’ सोमबारसम्म गाउँमा घाँटु नाचिने उहाँले बताउनुभयो । गाउँमा पाहुना आउँदा र विवाह जस्ता कार्यक्रममा घाँटु नाच्ने गरिने स्थानीय यमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–‘यो हाम्रो संस्कार हो । विस्तारै हराउन थाल्यो । हामीले संरक्षण गर्नुपर्छ भनेर जोगाएर राखेका छौं । पाहुनालाई पनि देखाउँछौं । मन पराउनुहुन्छ ।’

मस्र्याङदी गाउँपालिका ५ घेर्मुका शंकर घलेका अनुसार शनिबारबाट भव्य रुपमा घाँटु नाचिएको छ । गाउँभरीका स्थानीय एकै ठाउँमा जम्मा भएर घाँटु हेर्ने गरेका छन् । चैतैं दशैंमा पनि बाह्रमासे घाँटु नाचिने गरेपनि बुद्धजयन्तीमा नाचिएको घाँटु भव्य हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘घाँटु हाम्रो महत्वपूर्ण संस्कार हो । बाउबाजेको पालादेखि नाचिँदै आएको हो । संस्कार जोगाउनु हाम्रो धर्म हो । परम्परा धान्नै प¥यो । हरेक बैशाख पूर्णिमामा घाँटु सुरु गर्छौं ।’ उहाँका अनुसार घाँटु गुरुले गाउँका नयाँ पुस्तालाई पनि सिकाउने गरिएको छ ।

क्व्होलासोंथर गाउँपालिका ५ सिङदीका युवराज गुरुङका अनुसार गाउँमा शुक्रबार बेलुकाबाट घाँटु नाच सुरु गरिएको छ । सुरु गरिएको र कुनै राम्रो दिन हेरेर सेलाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘गाउँमा बाह्रमासे, सती र सुकुण्डा नाच्ने गरिन्छ । परम्पराको संरक्षण गर्न घाँटु नाच्ने गरको छौं ।’ पछिल्लो सयम होमस्टे सञ्चालित गाउँहरु बढेकाले पाहुनालाई देखाउन सके आम्दानी हुने र संस्कारको संरक्षण हुने हाँले बताउनुभयो ।

घा“टु गुरुङ जातीको परम्परागत एवं पौराणिक संस्कृति हो । सती घा“टु श्रीपञ्चमीबाट सुरु भइ वैशाख पूर्णिमामा अन्त्य गरिन्छ । वैशाखपूर्णिमा अरुसंगै कुसुण्डा नाचिन्छ । बाह्रमासे वर्षभरी जुनसुकै बेला पनि नाचिन्छ । बाह्रमासे र सती दुवैको अकर्षक विन्दु भनेको कुसुण्डा हो । वैशाख पूर्णिमाको दिन र यसको अवसर पारेर नाचिने घाँटु हेर्न पछिल्लो समय देशविदेशका पर्यटक पनि गाउँ भित्रने गरेका छन् । पर्यटकीय गाउ“ भुजुङ, घलेगाउ“, पसगाउ“, सिङदी, सिउरुङ, ढगै“, घनपोखरा, राइनास मोहोरियाकोट, पुरानकोट, गिलुङ, हिलेटक्सार, पाचोक, दूधपोखरी लगायतका गुरुङ बस्तीमा घा“टु नाच्ने गरिन्छ । घा“टु गुरुहरुका अनुसार वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमीमा घा“टुसरीलाई नुवाइधुवाई, हात खुट्टाका नङ काट्न लगाएर चोखोनितो गरी घा“टु नाच शुरु हुन्छ । घा“टुसरीको शिरमा धान भुटेर बनाइएको लाहाको मुकुट बनाएर राखिएको हुन्छ । मौलिक पोषाक गुन्युचोली लगाइएको हुन्छ । घा“टुमा परशुराम राजा र यम्फावती रानीको विवाह, प्रेम, राज्यआरोहण, शिकार खेलेको, युद्ध लडेको लगायतका विषयवस्तु समेटिएको हुन्छ ।

कथाअनुसार राजा परशुराम र यम्फावतीको विवाह हुन्छ । विवाहपश्चात् राजा रानीबीच गहिरो प्रेम बस्छ । कथाको अन्त्यतिर परशुराम राजाको राज्यमा छिमेकी राज्यको राजाले आक्रमण गर्छ । आफ्नो राज्यमा आक्रमण भएपछि परशुराम आफ्नो राज्य बचाउन लडाइ“मा जान्छन् । लडाइ“मा उनले बीरगति प्राप्त गर्छ । राजाको मृत्युपछि यम्फावती आफ्नो नाबालक छोरालाई छोडेर सती जान खोज्छिन् । दरबारका भाइभारदार र अन्य सुसारेले बालकलाई छोडेर सती नजान आग्रह गर्छन् । राजाको प्रेममा पागल भएकी रानीले अन्ततः सती जाने निर्णय गर्छिन् । राजाका चितालाई परिक्रमा गरी उनी सती जान्छिन् । वियोगान्त किसिमले घा“टु नृत्यको अन्त्य हुने घा“टु गुरुहरु बताउ“छन् । घा“टुका नरमाइला क्षण हटाउन रमाइलोका लागि गाईजात्राको जस्तो प्रहसन गर्ने, जोक भन्ने र चुट्का नाच्ने चलन छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्